काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले प्रमाण (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले साे विधेयक पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा 'शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन' गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन पनि पेश भएको छ ।
प्रतिवेदन शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले पेश गरेकी हुन् । सभाको अर्को बैठक फागुन ६ गते मङ्गलबार दिउँसो एक बजे बस्नेछ ।
