काठमाडौं । राष्ट्रिय सभा बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।
सोमबार बसेको बैठक सांसद् दुर्गाप्रसाद उपाध्यायको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेर सकिएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ ।
उपाध्यायको निधनमा सांसद्हरुले एक मिनेट मौनधारण गरे ।
लामाे समयदेखि आन्द्राको क्यान्सरबाट पीडित उपाध्यायकाे गत शुक्रबार निधन भएको थियाे । उनी नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । उनी राष्ट्रिय सभाको प्रत्यायाेजित तथा आश्वासन समितिका सदस्य समेत थिए ।
०४२ सालदेखि राजनीतिमा सक्रिय उनी नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-५ का पूर्व क्षेत्रीय सभापति समेत थिए ।
राष्ट्रिय सभाकाे अर्को बैठक फागुन ६ गते बस्ने छ ।
