काठमाडौं । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल प्रमुख सचेतक समेत रहेका फुयाललाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्य मन्त्री डोरमणि पौडेलले आज ५ बजे सपथ गराउने कार्यक्रम रहेको छ ।
यसअघि सो मन्त्रालय सम्हालेका केशव स्थापितलाई मुख्यमन्त्री डोरमणिले हटाएका थिए । स्थापित र मुख्यमन्त्रीबीच विवाद भएपछि उनी हटाइएका हुन् । स्थापितलाई हटाएसँगै मुख्यमन्त्री डोरमणिले सो मन्त्रालय सम्हाल्दै आएका थिए ।
रामेश्वर मन्त्री बनेसँगै प्रदेश संसदीय दल प्रमुख सचेतककाे जिम्मेवारी अर्का सांसद् दीपक निराैलालाई दिने नेकपाकाे तयारी रहेकाे छ ।
