काठमाडौं । काठमाडौं—तराई/मधेश द्रुतमार्ग आयाेजनाकाे काम गरिरहेकाे नेपाली सेनालाई टेण्डर प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिइएकाे छ । साेमबार बसेकाे प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाली सेनालाई साे निर्देशन दिएको हाे ।
टेण्डर प्रकृयालाई पारदर्शी बनाइ तोकिएकै समयमा निर्माण पूरा गर्न सेनालाई समितिले निर्देशन दिएको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।मुआब्जा वितरण लगायतका समस्या पनि चाँडो समाधान गर्न निर्देशन दिएको उनले बताइन् ।
त्यस्तै बैठकले द्रुतमार्ग निर्माणकाे विस्तृत कार्ययोजना समेत समितिलाई उपलब्ध गराउन निर्देशन दिइएको सभापति कल्याणीकुमारीले बताइन् । द्रुतमार्ग २०८१ असार मसान्तभित्र पूरा गर्नेे लक्ष्य लिइएकाे छ । समितिले आयोजनाको स्थलगत भ्रमण गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा नेपाली सेनाले अहिलेसम्म पूरा भएको कार्यप्रगतिका बारेमा जानकारी गराएको थियो ।
