काठमाडौँ । नेपालकाे सघीय संसद्मा पश्चिमी मुलुकहरुकाे रुची फेरि बढ्न थालेकाे छ । सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाट बढाएका छन् ।
सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । भेटमा नर्वेली राजदूतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा रपुर्याउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार नै नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले पनि भेटेकी थिइन् । यसअघि फागुन २ मा सभामुख सापकोटासँग नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले भेटेका थिए । त्यसैगरी चीन, भारत र जापानका राजदूतले पनि नवनिर्वाचित सभामुखसँग भेटिसकेका छन् ।
