काठमाडौं । विगतमा सधैं उपसभामुखका रुपमा प्रतिनिधि सभामा बस्ने शिवमाया तुम्वाहाङफे आज मन्त्रीका रुपमा सदन प्रवेश गर्दैछिन् । उनले कानुन मन्त्रालय समालेको भोलिपल्टै सांसद्हरुको प्रश्नको सामना गर्नुपर्ने भएको छ । उनी सोमबार कानुन मन्त्री नियुक्त भएकी थिइन् ।
अाज प्रतिनिधि सभा बैठकमा सांसद्ले प्रश्न सोध्ने र मन्त्रीहरुले अाफ्ना मन्त्रालयहरुसँग समबन्धित प्रश्नकाे जवाफ दिने कार्यक्रम छ । मन्त्री शिवमायाले कानुन मन्त्रालयसँग समबन्धित प्रश्नहरुकाे जवाफ दिनेछिन् । अाज उर्जा मन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि सांसद्हरुकाे प्रश्नकाे जवाफ दिनेछन् ।
संसदीय प्रणालीमा प्रश्नाेत्तर कार्यक्रमलाई अत्यन्तै महत्वकाे मानिन्छ ।
