काठमाडौं । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् इन्दुकुमारी शर्माले सभ्य र सम्मानजनक भाषाको प्रयोग गर्न माग गरेकी छिन् ।
उनले उच्च पदस्थ कर्मचारी र पदाधिकारीले कनिष्ठ कर्मचारीलाई 'तँ' भन्दै तुच्छ भाषाको प्रयोग गरेकोमा आपत्ति जनाइन् ।
संविधानमा स्वस्थ र सभ्य संस्कृतिको विकास गर्ने तथा समाजमा विद्यमान धर्म परम्परा संस्कारहरुको नाममा हुने सबै प्रकारको विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने भनेर उल्लेख बताउँदै साेही अनुरुप हुनु पर्ने विचार राखिन् ।
राज्यका सुरक्षा निकाय, न्यायालय र कर्मचारी तन्त्रभित्र आफ्ना मातहतका कर्मचारीहरुसँग राजा र रैती जस्ता व्यवहारकोे अन्त्य गर्दै सभ्य र सम्मानजनको भाषाको प्रयाग गर्न उनले माग गरिन् ।
