काठमाडौं । नेपालकाे ८८ प्रतिशत घरमा विद्युतकाे पहुँच पुगेकाे र आगामी दुई वर्षमा सबै घरमा बिजुली पुग्ने उर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयका मन्त्री वर्षमान पुनले बताएका छन् ।
प्रतिनिधि सभाकाे आजकाे बैठकमा भएकाे प्रश्नाेत्तर कार्यक्रममा सांसद् खगराज अधिकारीकाे प्रश्नमा जवाफ दिँदै उनले यस्ताे उत्तर दिएका हुन् ।
सांसद् खगराजले विद्युत प्रसारणमा प्रयोग भएका काठका पोलहरु कहिलेसम्म विस्थापित हुन्छ र कहिलेसम्म घरघरमा बिजुली पुग्छ भन्दै प्रश्न गरेका थिए ।
उनकाे प्रश्नकाे जवाफ दिँदै मन्त्री पुनले याे वर्ष ३० हजार काठका पोलहरु विस्थापन गरेको बताए । यस्तै बाँकी पोलहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुको सहकार्यमा चाँडै नै विस्थापन गरिने जानकारी उनले दिए । सहरी क्षेत्रमा अन्डरग्राउण्ड केबुलिङको सुरुआतत भएकाे बताउँदै उनले सन् २०२१ सम्ममा भूमिगत तारबाट विद्युत वितरण गरिने जानकारी दिए ।
त्यसैगरी पोखरा लगायतका मुख्य शहरमा भूमिगत विद्युत प्रसारणको लागि सरकार तयार रहेको उनले बताए । विद्युत पहुँचकाे बारेमा बाेल्दै उनले अहिलेसम्म देशका ८८ प्रतिशत घरमा विद्युतको पहुँच पुगेको बताए । आगामी दुई वर्षमा सबै घरमा विद्युतको पहुँच पुग्ने याेजना पनि उनले सुनाए ।
सांसद अधिकारीले पूरक प्रश्न साेध्दै भने पोखरामा भूमिगत तारको बन्दोबस्तकाे मिति साेधे । भूमिगत विद्युत प्रसारणकाे अध्ययन गर्दा गर्दै सरकारको कार्यकाल पूरा हुने त होइन भन्दै उनले व्यंग्यात्मक शैलीमा प्रश्न साेधे ।
सांसद् महेशले सडक पाेलबारे प्रश्न साेध भने सांसद् पुष्पा भुसाल गौतमले सडक पाेल हटाउने मात्र याेजना छ की विद्युत पनि विस्तारित गर्ने याेजना छ भन्दै पुरक प्रश्न साेधका थिए ।
मन्त्री पुनले पोखरामा भूमिगत विद्युत प्रसारणकाे प्रारम्भिक अध्ययन भइसकेको बताए । काठमाडौंपछि दोस्रो चरणमा ललितपुर र भक्तपुर क्षेत्रमा त्यपछि पोखरा लगायतका देशका मुख्य शहरमा यो योजना कार्यान्वयनका लागि काम भइरहेको उनले जानकारी दिए ।
यस्तै पूर्वपश्चिम तराई/मधेस लगायतका २२ जिल्लाहरु र केही पहाडी जिल्ला गरेर ४० जिल्लाहरुमा भूमिगत विद्युतीय तारको बन्दोबस्त मिलाइने उनले बताए ।
स्थानीय स्तरले आफ्नो योजना अनुसार सडक विस्तार गर्ने र विद्युत प्राधिकरणको कार्य योजनामा समन्वय हुन नसक्दा विद्युत पोल सार्ने कुरामा अप्ठ्यारो भइरहेको उनले बताए ।
सांसद् भुसालकाे प्रश्नमा जवाफ दिँदै मन्त्री पुनले याे वर्ष एक हजार मेगावाट विद्युत बढ्ने बताए । वर्षामा नेपाल विद्युतमा आत्मनिर्भर हुने र त्यसबेला तीन सय देखि चार सय मेगावाट विद्युत निर्यात गर्न सकिने जानकारी दिए । त्यसबेला अझै सस्ताे दरमा विद्युत दिइ उपेभाेग बढाउने समेत याेजना रहेकाे बताए ।
