काठमाडाैं । प्रतिनिधि सभाको बैठकमा सांसद् कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइएको छ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराएका हुन् ।
उनले पढेर सुनाए– 'महानगरिए प्रहरी वृत नयाँ बानेश्वरको २०७६/ ६ /१९ को पत्रबाट जबरजस्ती करणीको उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा काठमाडौं जिल्ला अदालतको सिफारिसमा कारागार डिल्लीबजार कारागारमा थुनामा रहनुभएका प्रतिनिधि सभाका माननीय कृष्णबहादुर महरा को अभियोग माग दाबीअनुसार सफाइ पाउने ठहर गरी २०७६/११/५ थुनामुक्त भएको जानरकारी गराउँछु।'
बैठकलाई जानकारी दिइएपछि सांसद् महराको निलम्बन फुकुवा भएको छ ।
