काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित नगरिने भएको छ । केही समय अघि सभामुखले अग्निप्रसाद सापकोटाले आफ्नो कार्यकक्षमा भएको विवादका बीच सूचना टाँस गरेर स्थगित गर्ने भनेका थिए ।
‘बैठक स्थगित गर्न सत्तापक्ष र प्रतिपक्ष दुवै तयार भएनन्, बैठक चलाइने नै भयो’– सभामुखको कार्यकक्षमा रहेका एक सांसद्ले सनराइज खबरलाई बताए ।
भोलि शिवरात्री भएकाले बैठक बस्न नसक्ने, त्यस लगत्तै सत्तपक्षका धेरै सांसद्हरु प्रधानमन्त्रीको जन्मदिन मनाउन तेह्रथुम जाने भएकाले १० गते अगाडि प्रतिनिधि सभा बैठक राख्न नसकिने भएकाले आज नै राखिने भएको हो ।
‘यो प्रकरणपछि लामो समय बैठक स्थगित हुँदा सत्तापक्षका लागि राम्रो सन्देश जाँदैन, त्यसैले हामीले बैठक चलाउन भनेका छौं, बैठक चल्छ’– सत्तापक्षका एक सांसद्ले सनराइज खबरलाई बताए ।
