काठमाडौं । सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले सो जानकारी दिएका हुन् । उनले आफूलाई अनौपचारिक जानकारी आएको पनि बताए ।
सेक्युरीटी प्रेस खरीद सम्बन्धी विवादमा मुछिएपछि बाँस्काेटाले राजीनामा दिएका हुन् । उनी र एक कमिसन दलाल बीच भएकाे अडियाे संवाद् सार्वजनिक भएकाे थियाे । साे अडियाेमा कमिसन दलालले बाँस्काेटालाई रकम दिने भनिरहेकाे सुनिन्छ ।
सभामुखले राजीनामा दिएकाे भन्दै सदनमा अनाैपचारिक जानकारी दिए पनि प्रधानमन्त्री कार्यालयले भने अहिलेसम्म राजीनामाकाे पुष्टि गरेकाे छैन ।
