काठमाडौं । कम्युनिष्ट पार्टीले समाजवादको ठाउँमा कमिसनवाद लेख्नुपर्ने भन्दै समाजवादी पार्टीकी सांसद् सरिता गिरीले व्यंग्य गरेकी छिन् ।
प्रतिनिधि सभा बैठकमा उनले भनिन्– ‘अख्तियारले सञ्चार मन्त्रालयमा छापा मार्यो भन्ने समाचार आयो । कागजात लुकाएर गोकुल बाँस्कोटालाई जोगाउन छापा मारिएको त होइन ?’
हिन्दी भाषामा बोल्दै उनले भनिन्– ‘गोकुल बाँस्कोटाको घरमा अख्तियारले छापा मार्नुपर्छ ।’ उनले सञ्चार मन्त्रालयमा अर्बाैं रुपैयाँ भ्रष्टाचार भएको दावी गरिन् ।
स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत वर्षेनी ५० अर्ब रुपैयाँ भ्रष्टाचार हुने गरेको उनले बताइन् । यो कार्यक्रमले सबैलाई भ्रष्टाचार गर्ने तालीम दिइरहेको पनि उनले बताइन् ।
