काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको बैठकमा निर्णयार्थ प्रस्तुत गरेको विधेयक स्वीकृत भएको हो ।
सो विधेयक मंगलबारको बैठकमा गणपूरक संख्या नपुग्दा प्रस्तुत हुन सकेको थिएन । गणपूरक संख्या नुपग्दा बैठक नै स्थगित भएको थियो ।
बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेस गरे ।
त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीका तर्फबाट समिति सदस्य जीवनराम श्रेष्ठले ‘राष्ट्रिय खेलकूद विकास विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेस गरे ।
