काठमाडौं । अंगिकृत नागरिकको सन्तानले वंशजका आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था भएको तर नागरिकता विधेयक पारित नहुँदा धेरैले नागरिकता नपाएको लालबाबु पण्डितले बताएका छन् ।
उनले प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डेढ वर्षदेखि नागरिकता विधेयक सदनमै अल्झेर बसेको भन्दै छिटो पारित माग गरे ।
उनले भने– ‘संघीय निजामती विधेयक १३ महिनादेखि अल्झेर बसेको छ, जसले संघीयता कार्यान्वयनमा अप्ठ्यारो भएको छ । यो पनि पारित होस् ।’
त्यसैगरी सरिताकुमारी गिरीले पनि नागरिकता विधेयक चाँडाे पारित गर्न माग गरिन् । दुवै सांसद्ले साे विधेयक पारित नभएका कारण युवा विद्यार्थीहरुले नागरिकता लिन नपाएकाे र जसका कारण पढाई गर्न र जागिर खान समस्या भएकाे बताए ।
