काठमाडौं । राष्ट्रिय सभाका सांसद् खेमराज नेपालीले छाती भित्र ऋषिमन बोकेका प्रधानमन्त्री केपी शर्मा अाेली विरुद्ध अनर्गल प्रचार नर्गन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले अाठराई गएर नेपालको नक्सा भएको केक काटेको कुरालाई लिएर केही सांसद्ले आलोचना गरेका थिए । आलोचना गर्दा तथा अभिव्यक्ति राख्दा राष्ट्रिय सभाको गरिमालाई ध्यानमा राखेरं बोल्न उनले आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको जन्मदिन मनाउन जनताले आठराईमा आमन्त्रण गरेको बताउँदै उनले भने– ‘जनताले आमन्त्रित गर्नु र प्रधानमन्त्री उपस्थित हुनु अपराध हो ?’ अठराईमा गएर प्रधानमन्त्री ओलीले मनाएको जन्मोत्सव जनताको सम्मान तथा जनतालाई माया गरिएको उनले दावी गरे ।
केकको सन्दर्भ उठेको बताउँदै उनले देशको नक्सा काटिनुलाई अन्तर्राष्ट्रिय प्रचलन बताएका छन् । सम्मानित व्यक्तिका लागि सम्मानपूर्वक जन्मदिवस मनाउँदा आफ्नै देशको आकारमा केक काटिने उनले बताए ।
देशको नक्सा अाकारकाे केक नेपालमा मात्र नभई अन्य ठूलाठूला देशमा पनि काटिन्छ भन्दै उनले भने– ‘प्रधानमन्त्रले यस्तो आकारकाे केक बनाउनु भनेको होइन ।’ उनले भने– ‘तर अहिले पनि केही जनप्रतिनिधिहरु पिर्का माथि उभिएर राणकालीन शैलीको सलामी लिइरहेका छन् भने अर्का तिर सेना र प्रहरीले तिनै पञ्चायती धुन बजाइरहेका छन् ।’
‘हामी साच्चै परिवर्तन कहिले हुने हो ?’ उनले प्रश्न गरे– ‘हामीले भन्ने गरेको नयाँ युग कहिले रोप्ने र कहिले फैलाउने हो ?’
