काठमाडौं । संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले सो विधेयक प्रस्तुत गरेकी थिइन् । सो प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका छन् ।
सो विधेयक फागुन १५ को बैठकमा गणपूरक संख्या नपुगेका कारण निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन ।
