काठमाडौं । नेपाली कांग्रेसकी सांसद् उमा रेग्मीले कोरोना भाइरसलाई ध्यानमा राखेर सीमा नाका बन्द गर्नुपर्ने तथा आवात जावत पनि रोक्नुपर्ने बताएकी छिन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भनिन्– ‘एअरपोर्टदेखि लिएर हरेक सीमा नाका खुल्ला छ । चेकजाँच छैन ।’
दक्षिण कोरियाबाट फर्किएका दुई जनामा कोरोना भाइरस देखिएको प्रसंग चर्चा गर्दै उनले भनिन्– ‘कोरोनालाई ध्यानमा राखेर अरु देशले सीमा नाका बन्द गरेका छन् भने हामीले किन बन्द नगर्ने ?’
