काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले दानव बस्ने कारागारलाई मानव उत्पादन गृहको रुपमा विकास गर्न आवश्यक भएको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा कारागार विधेयकमाथि सैद्धान्तिक छलफल गरेकाे छ । छलफलको क्रममा सांसहद्ले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यसो भनेका हुन् ।
मानव अधिकारको संरक्षणका लागि कारागार विधेयक आएको बताउँदै उनले अापराधिक कार्य गरेर दानवको रुपमा परिवर्तन हुन पुगेका कैदीलाई मानव बनाउन पहल गर्नुपर्ने गृहमन्त्रीले बताए ।
राज्य व्यवस्था रक्षा गर्न कारागार आवश्यक भएको उनले बताए ।
कारागारलाई सुधार गृहको रुपमा बुझ्न जरुरी छ भन्दै उनले भने– ‘कारागारलाई सुधार गर्ने, रुपान्तरण गर्ने हो । कैदीकाे विचार, चिन्तन, विकृतिमा सुधार गर्ने हो ।’
कैदीलाई समाजको सभ्य नागरिकको रुपमा बदल्नु पर्छ भन्दै उनले कारागारलाई शिक्षा गृहको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।
अापराधिक मानसिकता बदलेर रचनात्मक तथा सिर्जनात्मक मानसिकतामा बद्ल्नु पर्ने उनले बताएका छन् । कारागारमा रहेका कैदीहरुलाई मानसिक रोगी बताउँदै उनले भने– ‘रोगीलाई मार्ने होइन, रोगीहरुको उपचार गर्ने हो । उसलाई स्वस्थ नागरिकको रुपमा रुपान्तरण गर्ने हो ।’
कारागारहरुलाई उपचार गृहको रुपमा बदल्न जरुरी भएको उनले बताए ।
बेरोजगार भयो, खान पाएन, लगाउन पाएन , उपचार पाएन भने मानिसले अपराध गर्छ भन्दै उनले यी अपराध रोक्न अापराधिक मानकिताबाट बचाउनु पर्ने गृहमन्त्री थापाले बताए । त्यसका लागि कैदीहरुलाई रोजगारी र उत्पादनसँग जोड्न आवश्यक रहेको उनले बताए ।
जेलका बन्दीहरुको आवश्यकता सरकारले पूरा गर्दा समाधान नहुने बताउँदै उनले बन्दीहरुलाई उत्पादनसँग जोड्न जरुरी भएको बताए । ‘जेललार्ई उद्योगमा बदल्न आवश्यक छ’ उनले भने– ‘विभिन्न किसिमका लघु उद्योगहरु सञ्चालान गरेर बन्दीहरुलाई उत्पादनसँग जोड्न आवश्यक छ ।’
गृहमन्त्री थापाले कैदीहरुको प्रजनन अधिकारका लागि उनीहरुको नैसर्गिक आवश्यकताहरु पूरा हुने गरी अधिकारलाई बद्ल्न आवश्यक रहेको बताए ।
