काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने बैठक विशेष हुँदै छ ।
राष्ट्रिय सभाका १९ सांसद्को कार्यकाल आज रातिदेखि सकिँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ सांसदको कार्यकाल मंगलबार राति १२ बजेदेखि सकिन लागेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा कार्यकाल सकिने सांसदहरुले बोल्ने एक सांसद्ले बताए ।
कार्यकाल सकिनेमा नेपाली कांग्रेसका सात, नेकपाका नाै, राष्ट्रिय जनता पार्टी नेपालका दुई र समाजवादी पार्टीका एक जना सांसद् छन् ।
तीमध्ये १८ जना चुनावमार्फत निर्वाचित भइसकेका छन् । उनीहरुको सपथ भोलि बिहान ११ बजे तय भएको छ ।
एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । जसमा सरकारले डा. युवराज खतिवडालाई सिफारिस गरेकाे थियाे ।
पुनसिफारिस नभए खतिवडाकाे कार्यकाल पनि सकिने छ । उनले अाफू दाेहाेरिने संकेत गरिसकेका छन् ।
यी हुन् कार्यकाल सकिने सांसद्
नेकपा डा. युवराज खतिवडा कमलाकुमारी वली कालीबहादुर मल्ल खेमराज नेपाली बलरामप्रसाद बाँस्कोटा मीना बुढा युटोल तामाङ राजकुमार कुँवर हरिचरण सिवाकोटी
कांग्रेस सांसद् दुर्गाप्रसाद उपाध्याय बद्रीप्रसाद पाण्डे सुरेन्द्रराज पाण्डे धनकुमारी खतिवडा मुक्ताकुमारी यादव विन्दा आले सरिता प्रसाईं
राजपा सांसद् रमेशप्रसाद यादव वृषेशचन्द्र लाल
समाजवादी सांसद् रामप्रित पासवान
यी सांसद्को कार्यकाल सकिएसँगै भोलिदेखि ५९ सदस्यीय राष्ट्रिय सभा ९ जना मात्रै प्रतिपक्षी दलका सांसद रहनेछन् । जसमा कांग्रेसका ६ राजपाका २ र समाजवादी १ जना सांसद रहनेछन् । बाँकी ५० जना नेकपाका सांसद् रहनेछन् ।
यस्तो छ बैठकको सम्भावित कार्यसूची
१. दिगो विकास तथा सुशासन समितिका सभापति तारा देवि भट्टले ‘भौतिक पूर्वाधार तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम एवं राष्ट्रिय महत्वका आयोजनाको अनुगमन र स्थानीय न्यायिक समितिको स्थलगत अनुगमन सम्बन्धी प्रतिवेदन, २०७६ पेस गर्ने कार्यसूची छ ।
२. राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ लाई टेबुल गर्ने कार्यसूची छ ।
३. बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
