काठमाडौं । पारमाणविक विधेयक, २०७५ लाई दफावार छलफलका लागि समितिमा पठाइएकाे छ ।
अाज बसेकाे राष्ट्रिय सभा बैठकले ‘पारमाणविक विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हाे ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले साे प्रस्ताो सदनमा प्रस्तुत गरेका थिए ।
बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले ‘भौतिक पूर्वाधार तथा सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम एवं राष्ट्रिय महत्वका आयोजनाको अनुगमन र स्थानीय न्यायिक समितिको स्थलगत अनुगमन सम्बन्धी प्रतिवेदन, २०७६’ पेस गरिन् ।
सभापति भट्टले प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुई/दुई जिल्लामा अन्तरक्रिया गरिएको उनले जानकारी दिइन् ।
ती जिल्लामा भौतिक र जनशक्तिको उपलब्धता कारण सुशासन कायम हुन नसकेको तथा नमूना छनोटका आधारमा नगरपालिका एवं गाउँपालिकाका न्यायिक समितिको गतिविधि प्रभावकारी हुन नसकेको पाइएको उनले बताइन् ।
