काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सांसद्हरुले बुधबार सपथ लिएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा बुधबार बिहान राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८ सांसद्हरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
गत माघ ९ को राष्ट्रिय सभा चुनावबाट निर्वाचित भएका १८ जना सांसद्ले शपथ लिएका हुन् ।
यी हुन् सपथ लिएका सांसद्:
प्रदेश १ इन्दिरा देवी गौतम गोपीबहादुर सार्की अछामी देवेन्द्र दाहालको
प्रदेश २ तुलसाकुमारी दाहाल राधेश्याम पासवान शेखरकुमार सिंह मृगेन्द्रकुमार सिंह यादव
वाग्मती प्रदेश गंगाकुमारी बेल्वासे बेदुराम भुसाल
गण्डकी प्रदेश नारायणकाजी श्रेष्ठ भगवती न्यौपाने
प्रदेश ५ विमला घिमिरे जगप्रसाद शर्मा गोपाल भट्टराई
कर्णाली प्रदेश सुमित्रा विसी मायाप्रसाद शर्मा
सुदूरपश्चिम प्रदेश शारदादेवी भट्ट तारामान स्वाँर
सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एक सांसद्को स्थान भने रिक्त छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले वामदेव गौतमलाई सिफारिस गरेको बताएपनि टुंगो लागेको छैन । राष्ट्रिय सभाका एक सांसद् सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल पूरा गरेका १९ जना सांसद्को मंगलबार बिदाइ गरिएको थियो । उनीहरुको मंगलबार रातिदेखि कार्यकाल सकिएको हो । ती मध्ये डा. युवराज खतिवडालाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी थिइन् ।
माघ ९ को राष्ट्रिय सभा चुनावबाट १८ मध्ये १६ सिट सत्तारुढ नेकपाले जितको थियो । दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा) ले जितेको थियो ।
