काठमाडौं । कोरोना भाइरस बारे आज प्रतिनिधि सभा बैठकमा छलफल हुने भएको छ । नेपाली कांग्रेसका सांसद्हरुले राख्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा आज छलफल हुन लागेको हो ।
गगन थापाले सो प्रस्ताव राख्दैछन् । गगनले ‘विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्नेजस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोना विरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकाले’ भन्ने व्यवहोराको प्रस्ताव राख्दैछन् ।
सो प्रस्तावका समर्थक कांग्रेसकै सांसद्हरु सञ्जयकुमार गौतम, दिव्यमणी राजभण्डारी, राजेन्द्रकुमार केसी र डा. नारायण खड्का छन् । सो प्रस्तावमा सबै दलका सांसद्हरुले विचार राख्न सक्नेछन् । प्रस्तावमा छलफल भइसकेपछि सरकारको तर्फबाट मन्त्रीले जवाफ दिनेछन् ।
