काठमाडौं । नेपाली कांग्रेसकी सांसद् पुष्पा भुषालले तत्काल स्कुलहरु बन्द गर्न माग गरेकी छिन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले कोरोना भाइरसको जोखिम बढिरहेको बेला स्कुलहरु बन्द गर्न आवश्यक रहेको बताएकी हुन् ।
सरकारले एकातिर घर बाहिर ननिस्कनु, भीडभाड भएको ठाउँमा नजानु भनेर सूचना जारी गरेको अर्कातिर चैत ५ सम्म स्कुल चलाउने निर्णय गर्नु विरोधाभाषपूर्ण भएको सांसद् भुषालले बताइन् ।
उनले भनिन्– सुरक्षात्मक उपाय अपनाउँदै स्कुल बन्द गर्नुपर्छ, जोखिम मोल्न हुँदैन ।
