काठमाडौं । संसद्को शून्य समयमा कांग्रेसका सांसद् दिव्यमणी राजभण्डारीले शानदार चार कुरा बोलेका छन् । शून्य समयमा बोल्न सांसद्ले एक मिनेट समय पाउँछन् । दिव्यमणीका चार कुरा यस्ता छन् : –
१) हात र गला मिलाउने प्रथा त्याग गरी नमस्कार गर्ने हाम्रो संस्कार र संस्कृतिमा बानी बसालौं ।
२) कर्मचारी र आफ्ना सहकर्मी साथीहरुबाट हजुर र दरवारीया शब्द सुन्नको सट्टा तपाईं भन्ने बानी बसालौं ।
३) हत्ताको कम्तिमा दुई पटक राष्ट्रिय पहिचानको पोसाक लगाई संसद्मा आउने व्यवस्था मिलाऔं ।
४) आज कोरोना भाइरस सम्बन्धमा सदनमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुँदैछ । सबै मन्त्री र सांसद्हरुलाई अनिवार्य रुपमा बैठकमा राख्न रुलिङ गर्न अनुरोध गर्छ ।
उनले भनेका चौथो वाक्य चाहिँ अर्थपूर्ण छ । सदनमा महत्वपूर्ण छलफल हुँदा सांसद्हरु नहुने, कोरम नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आउने गरेकाले उनले चौथो वाक्य बोलेको प्रष्ट छ ।
