काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै एक महिनाका लागि नेपाललाई शाकाहारी र रक्सीमुक्त देश बनाउनुपर्ने विचार प्रतिनिधि सभामा आएको छ ।
नेपाली कांग्रेसका सांसद् तेजुलाल चौधरीले त्यस्तो विचार राखेका हुन् । कोरोना भाइरस सम्बन्धमा राखिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै सांसद् चौधरीले भने– ‘एक महिनाको लागि नेपाललाई शाकाहारी घोषणा गरियोेस् ।’
उनले अर्काे कुरा पनि भने– एक महिनाको लागि रक्सीमुक्त देश बनाओस् ।
