काठमाडौं । कांग्रेसले राष्ट्रिय सभा प्रतिपक्षी दलको नेता राधेश्याम अधिकारीलाई बनाएकाे छ । वरिष्ठ अधिवक्ताका रुपमा चर्चित अधिकारी सदनमा विवेकपूर्ण र तार्किक अभिव्यक्तिका लागि चर्चित् छन् ।
उनलाई संसदीय दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार राष्ट्रिय सभामा प्रतिपक्षी दलको नेतामा मनोनित गरेका हुन् ।
तत्कालीन दलका नेता सुरेन्द्रराज पाण्डे दुई बर्षे कार्यकालका सकिएपछि सो पदमा अधिकारीलाई नियुक्त गरिएको हो ।
पाण्डे लगायत १९ जना सांसद्को दुईवर्षे कार्यकाल फागुन २१ मा सकिएको थियो ।
दलकाे नेता मनाेनीत अधिकारी विगतमा संविधानसभा सदस्य समेत रहेका थिए । दलीय अाग्रह भन्दा माथि उठेर विचार राख्ने व्यक्तित्वका रुपमा अधिकारी चिनिन्छन् । संविधान निर्माणमा उनकाे ठूलाे याेगदान रहेकाे मानिन्छ ।
