काठमाडौं । राष्ट्रियताका बिषयमा सरकारले ठूलो साहस गरेको छ ।
कालापानीबाट भारतीय सेना हटाउन बिहीबार प्रतिनिधि सभा बैठकमा संकल्प प्रस्ताव पेस हुँदैछ । यद्यपी सो प्रस्ताव सरकारी नभएपनि सत्ता पक्षका सांसद्ले पेस गर्ने छन् ।
बैठककाे कार्यसूचीको पहिलो विषयमा नै यसलाई समावेश गरिएको छ ।
सदनबाट यो प्रस्ताव सर्वसम्मत पास भएपछि सो कामका लागि सरकारलाई दह्रो म्यान्डेट प्राप्त हुनेछ । यो प्रस्ताव पारित भएपछि कालापानीबाट भारतीय सेना हटाउन देश एक भएको सन्देश जाने छ ।
सत्तापक्षका सांसद् खगराज अधिकारीले ‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भुभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकोले’ भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्ने’ कार्यसूचीमा उल्लेख छ ।
सो प्रस्तावको सत्तापक्षका अर्का सांसद् रामकुमारी झांक्रीले समर्थन गर्ने छिन् ।
