काठमाडौं । यो संसद् अधिवेशन किन चलाइरहेको हो ? कांग्रेसका सांसद् भिमसेनदास प्रधान र भरतकुमार शाहले प्रतिनिधि सभाको शून्य समयमा सोधे । उनीहरुको भनाई थियो– कोरोनाको यस्तो जोखिममा संसद् अधिवेशन चलाउनु हुँदैन ।
भरतकुमारले भने– ‘कोरोना जोखिमको परिस्थितिमा संसद् अधिवेशन धेरै नचलाउने हो कि ?’ भिमसेनदास प्रधानले भने– ‘सरकारले अहिलेसम्म पनि संसद्लाई निरन्तर चलाइराख्नुको तुक छैन ।’
उनले स्कुल कलेज पनि बन्द गर्नुपर्ने बताए । कोरोना संक्रमणसँग युरोप अमेरिका समेत आतंकित छ तर नेपालसँग केही पूर्वाधार छैन भन्दै उनले भने– ‘संक्रमण फैलियो भने ठूलो क्षति हुन्छ । बेलैमा सचेत हुनुपर्यो । संसद् अधिवेशन पनि सक्नुपर्याे ।’
