काठमाडौं । समाजवादीकी सांसद् रेणुकुमारी यादवले प्रतिनिधि सभा हलको कुर्सीको नीलो खोल उठाइन् । त्यसलाई देखाउँदै भनिन्– ‘यो सदनमा सफाइको व्यवस्था छ कि छैन ? यसैबाट भाइरस फैलियो भने के हुन्छ ?’
शून्य समयमा बोल्दै रेणुले सो हर्कत् गरेकी हुन् । ‘कोरोनाका कारण विश्वमा डरलाग्दो अवस्था छ । यो सदनमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि पारित भइसकेको छ, नेपालमा फैलियो भने के गर्ने ?’ उनले भनिन् ।
‘म सोध्न चाहन्छु यो सदन भाइरसबाट सुरक्षित छ कि छैन ? दुईदुई मिनेटमा, दसदस मिनेटमा हात धुने भनिँदैछ । यो सदनभित्रै गन्दगी छ । (हातले कपडा उठाएर देखाउँदै) यो गन्दगीलाई बारबार छुँदा कहाँबाट हात धुने ? यो सदनभित्रको यो गन्दगी, यो सदनभित्र सफाईको केही अर्थ छ कि छैन ?’– उनले भनिन् ।
रेणुकुमारीले अगाडि भनिन्– ‘सारा संसार आफूलाई सुरक्षित गर्दैछन् तर हाम्रो सरकार र देश सिर्फ विज्ञापन र भाषणमा निहित छ । यहाँ भाइरस भयो भने कसरी बचाउने ?’
