काठमाडौं । नेपाली कांग्रेसकी सांसद् पुष्पा भुषालले नेपाल भारत सीमा बन्द भयो भने के गर्ने भनी प्रश्न उठाएकी छिन् । कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै भारतले आवागमन निषेध गर्दै लगेको भन्दै उनले भनिन्– ‘भारतले विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने भनेको छ । भोली नेपाललाई पनि प्रतिबन्ध लगाउन सक्छ ।’
उनले भनिन्– ‘सरकारले सावधानी अपनाउनुपर्छ । खाद्य सामग्रीदेखि लिएर औषधी उपचारका कच्चा पदार्थहरु बेलैमा ल्याउन सरकार तयार छ कि छैन ?’
सरकारमा बसेकाहरुले अत्यन्तै कमजोर अभिव्यक्ति दिइरहेको भन्दै उनले कोरोना जोखिमलाई ध्यानमा राखेर सरकारले कुनै कदम नचालेको बताइन् ।
उनले भनिन्– ‘दैनिक उपभोग्य वस्तुको हाहाकार सुरु भइसकेको छ, जताततै अभाव छ, कालोबजारी छ, सरकार के गर्दैछ ?’
