काठमाडौं । समाजवादी पार्टीका सांसद् प्रदीप यादवले पोखरामा विमानस्थल बनाइरहेको चिनियाँ टोलीका केहीलाई कोरोना भएको सूचना आफूले पाएको दावी गरेका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने– ‘पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाइरहेका केही कर्मचारीलाई कोरोना संक्रमण भएको सूचना आएको छ ।’
उनले भने– ‘त्यहाँ सातआठजना चिनियाँ कामदारलाई कोरोना लागेकाले क्वारेन्टाइनमा राखिएको छ । वास्तविकता के हो ? सरकारले भन्नुपर्यो ।’
