काठमाडौ। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वाईडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पुर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पुर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारका दोषीलाई पुर्वाग्रह नराखी कारवाही गनुपर्छ’ नेपालले भने । उनले तारा गाउँ, वाईडवडी, न्यारोवडी लगायतमा आर्थिक अनियमितताका कैयौ प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरे।
उनले विकास निर्माण लगायतका आयोजनाहरु बनाउँदा दीर्घकालिन सोचका साथ कार्ययोजना बनाउन सुझाव दिए । छोटो समयमा नै असफल देखिने योजनाहरु बनाईएको भन्दै उनले संभावित आवश्यकता र प्रभावको आकलन गरेर योजना तर्जुमा गर्न आग्रह गरे। े
