धनुषा । प्रदेश २ को नामाकरणका लागि प्रस्तावित नाम ‘मिथिला भोजपुरा’ प्रदेश सभाले अस्वीकृत गरेको छ । नाम टुंगो लगाउन जारी मतदानमा कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’ को पक्षमा २८ मत मात्र परेको छ ।
यसअघि प्रदेश २ को नामाकरणका लागि नेकपाले प्रस्ताव गरेको ‘जानकी प्रदेश’ नाम अस्वीकृत भएको थियाे । साे प्रस्तावको पक्षमा मात्र ३७ मत खसेको छ ।
नाम सदरका लागि दुई तिहाई अर्थात् ७२ मत चाहिन्छ । प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि मंगलबार दिउँसोदेखि मतदान भइरहेको छ ।
नामाकरणका लागि प्रस्ताव गरिएका नाम जानकी, मिथिला भोजपुरा, मध्य प्रदेश र मधेश प्रदेशमा मतदान भइरहेको छ ।
प्रमुख प्रतिपक्षी नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा, कांग्रेसका असन्तुष्ट सांसद्ले मध्य मधेश र सत्तारुढ समाजवादी तथा राजपाले संयुक्त रुपमा मधेश प्रदेश नाम प्रस्ताव गरेका हुन् ।
नामका लागि चार र राजधानीका तीनगरी विभिन्न सात चरणमा निर्वाचन हुने प्रदेश सभाले जनाएको छ ।
