काठमाडाैं । प्रमाण र शिक्षा विधेयकमाथिको संशोधन राष्ट्रिय सभा बैठकले स्वीकृत गरेकाे छ ।
मंगलबार बसेकाे बैठकले राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पठाइएको ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको साे प्रस्ताव सर्वसम्मतिले पुनःपारित भएको हो ।
बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको हाे । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको साे प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
