धनुषा । प्रदेश २ को नाम ‘मध्य मधेश’ पनि अस्वीकृत भएको छ । कांग्रेसका असन्तुष्ट पक्षले गरेको सो प्रस्तावको पक्षमा ४२ मत आएको छ भने विपक्षमा ६५ मत आएको छ ।
कांग्रेस सांसद् राजेश्वरप्रसाद साहले सो प्रस्ताव दर्ता गराएका थिए । प्रदेश २ को नाम र राजधानीका लागि प्रदेशसभामा मतदान जारी छ ।
यसअघि नेकपाले प्रस्ताव गरेको ‘जानकी’ र कांग्रेसले राखेको ‘मिथिला–भोजपुरा’ प्रस्ताव पनि अस्वीकृत भइसकेको छ । जानकीको पक्षमा ३७ र मिथिला–भोजपुराको पक्षमा २८ मत आएको थियो ।
नाम सदरका लागि दुई तिहाई अर्थात् ७२ मत चाहिन्छ । अब मधेश नाममा मतदान हुँदैछ । सो प्रस्ताव सत्तारूढ समाजवादी र राजपाले संयुक्त रूपमा दर्ता गरेका हुन् ।
नामका लागि चार र राजधानीका तीनगरी विभिन्न सात चरणमा निर्वाचन हुने प्रदेश सभाले जनाएको छ ।
