हेटौँडा । वाग्मती प्रदेशको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ ।
विहीबार बिहान बसेको विशेष मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । बैठकले बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न संघीय सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
बिहीबार नै प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बस्ने बताइएको छ । सो बैठकले कोरोना जोखि रोक्न विभिन्न निर्णय गर्नेछ ।
