काठमाडौं । राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।
२५ जनाभन्दा बढी सांसद् सहभागी भएको भन्दै बैठक स्थगित गरिएको हो । बैठकमा करिब एक घण्टा अन्तर सम्बन्ध विधेयकमा समितिमा छलफल भयो ।
त्यसपछि प्रतिपक्षी सांसद् पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, सत्तारुढ नेकपाका विन्दा पाण्डे लगायतले सरकारको निर्णय सम्झाए – २५ जनाभन्दा बढी भेला हुन नपाउने ।
सरकारको निर्देशन पालना हुनुपर्ने भन्दै उनीहरुले बैठक रोक्न माग गरे । समिति सभापति शशी श्रेष्ठले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको तर, पूर्व निर्धारित कार्यक्रम भएको र सbg स्थगित नभएकाे बैठक सञ्चालन गरेकी थिइन् ।
तर, सांसद्हरुले नमानेपछि उनले बैठक स्थगित गरिन् । बैठकमा ४० जना भन्दा बढी सांसद् सहभागी थिए ।
कोरोना रोकथामका लागि सरकारले बनाएको उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले २५ जना भन्दा बढी भेला हुन नपाउने लगायत निर्णय गरेको थियो ।
कोरोना सांसद्हरुले संघीय सदन समेत रोक्न माग गर्दै आएका छन् ।
