काठमाडाैं । प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ ।
कार्यव्यवस्था परामर्श समितिले चैत १३ गते सम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले भोलिका लागि बोलाइएको बैठक लागि स्थगित गरिएको जानकारी दिए ।
प्रनितिधि सभा बैठक ६ दिनका लागि स्थगित भएपनि राष्ट्रिय सभा बैठक भने शुक्रबार बोलाइएको छ ।
बुधबार सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न निर्देशन दिएकाे थियाे । राष्ट्रिय सभा बैठक बिहीबार बसेको थियो ।
