काठमाडौं । प्रतिनिधि सभाको बैठक कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै स्थगित गरिएको छ ।
प्रतिनिधि सभाको बैठक शुक्रबारका लागि निर्धारित थियो । तर, सो बैठक स्थगित गरेर १३ गतेका लागि सारिएको हो ।
संघीय संसद्का महासचिव गोपालनाथ योगीले सूचना जारी गरेर बैठक सारिएको जानकारी दिएका हुन् ।
सूचनामा कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखेर सारिएको उल्लेख गरिएको छ ।
