काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । राष्ट्रिय सभाले एक सूचना जारी गरेर बैठक स्थगित भएको घोषणा गरेको हो ।
यस अघि प्रतिनिधि सभा बैठक स्थगित भइसकेको छ । प्रतिनिधि सभा आठ दिनका लागि स्थगित भएको छ । तर, राष्ट्रिय सभाले भने अनिश्चित कालका लागि स्थगन घोषणा गरेको हो । काेराेना भाइरसकाे विश्व्यापी महामारीलाई ध्यानमा राख्दै बैठक स्थगित गरिएकाे हाे ।
राष्ट्रिय सभा बैठक आजका लागि निर्धारित थियो ।
