काठमाडौं । लकडाउनका कारण चैत १३ गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सारिएको छ ।
बैठक चैत २३ गतेका लागि सारिएको संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले निकालेको सूचनामा उल्लेख छ ।
सूचनामा लेखिएको छ – ‘कोरोनाको सम्भावित संक्रमण रोक्न सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सबै सेवाको आवतजावतमा प्रतिबन्ध लगाएका कारण पूर्व निर्धारित बैठक स्थगित गरिएको हो ।’
कोरोना जोखिम हुने भन्दै सांसद्हरुले बैठक स्थगित गर्न माग गरेपनि बैठक बोलाइएको थियो ।
राष्ट्रिय सभा बैठक भने स्थगित भइसकेको छ ।
काेराेना संक्रमण देखिएपछि सरकारले चैत ११ देखि १८ सम्म देशभर लकडाउन गरेकाे छ । नेपालमा अहिलेसम्म दुई जनामा काेराेना संक्रमण देखिएकाे छ । ती मध्ये एक जना निकाे भइसकेका छन् भने एककाे उपचार जारी छ । सरकारले काेराेना फैलन नदिँन उच्च सतर्कतासाथ काम गरिरहेकाे छ ।
सूचना :
