काठमाडौं । चैत २३ गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक फेरि सारिएको छ ।
संघीय संसद् सचिवालयले शुक्रबार सूचना कोरोना फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका कारण बैठक सारिएको चैते ३० लाई सारिएको जनाएको छ ।
सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले निकालेको सूचनामा लेखिएको छ– ‘आइतबार बोलाइएको बैठक कोभिड–१९ फैलिन नदिन सरकारले देशभर अत्यावश्यक बाहेकका सेवा बन्द गरी आवतजातवतमा लगाएको प्रतिबन्ध यथावत भएका कारण सभामुख ज्यूले अर्को बैठक चैत ३० गते बस्ने निर्धारण गर्नुभएको व्यहोरा जानकारी गराउँछु ।’
यसअघि १३ गते बोलाइएको बैठक लकडाउनकै कारण स्थगित गरेर चैत २३ का लागि बोलाइएको थियो ।
कोरोना जोखिम हुने भन्दै राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । तर, प्रतिनिधि सभा बैठक स्थगित भएको छैन । बैठक मिति तय गरेपनि सारिएको छ ।
सरकारले कोरोना रोक्न चैत ११ देखि १८ सम्म लगाएको लकडाउन अवधि फेरि थपेर चैत २५ सम्म लम्ब्याएको छ ।
सूचना :
