काठमाडौं । संघीय संसद् सचिवालयको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सभामुख अग्निप्रसाद सापकोटाले सिफारिसमा गौतमलाई नियुक्त गरेकी हुन् ।
संघीय संसद्को महासचिव राष्ट्रियसभा अध्यक्ष र सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ ।
महासचिवमा नियुक्त गौतम संसद् सचिवालयका सचिव हुन् ।
यसअघि गोपालनाथ योगीले संघीय संसद्को कार्यवाहक महासचिवकाे जिम्मेवारी सम्हालेका थिए ।
