काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव डा. भरतराज गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
संसद् सचिवालय सिंहदरबारमा मंगलबार एक कार्यक्रमबीच सभामुख अग्निप्रसाद सापकोटाले गौतमलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना , उपाध्यक्ष, संसदीय दलका नेता, सचेतक, विभिन्न संसदीय समितिका सभापति लगायत सहभागी थिए ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र सभामुख सापकोटाको संयुक्त सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम गौतमलाई सोमबार नियुक्त गरेकी थिइन् ।
