काठमाडौं । संघीय संसद्को बर्खे अर्थात (बजेट) अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।
संघीय संसद्का दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
सरकारले २ जेठमा नीति तथा कार्यक्रम ल्याउँदैछ । त्यसअघि प्री-बजेटमाथि छलफल हुने संघीय संसद् सचिवाललये जनाएको छ । २८ बैशाखबाट प्री–बजेटमाथि छलफल थालिँदैछ ।
काेराेनाविरुद्ध लडिरहेकाे सरकारमाथि अार्थिक चुनाैतीकाे भार थपिएकाे छ । किनकी काेराेना राेकथाम तथा नियन्त्रणका लागि ११ चैतदेखि जारी लकडाउनले देशकाे अर्थतन्त्र प्रभावित भएकाे छ ।
त्यसैले पनि याे बजेट अधिवेशनमा अझ धेरै चुनाैती छ । साेही अनुसार बजेटको क्षेत्र र प्राथमिकता ताेकेर सरकार अगाडि बढ्नुपर्ने हुन्छ ।
सरकारले शुक्रबारदेखि उद्याेग-व्यवसायमा लकडाउन केही खुकुलाे पनि बनाएकाे छ ।
कोरोना त्रासबीच बस्न लागेको सदनको बैठकमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बैठक कक्षमा सामाजिक र एकअर्का बीचको भौतिक दूरी कायम गरेर बस्नेगरि सांसद्हरुको सिट व्यवस्थापन मिलाइएको छ ।
बिहीबार सांसद्हरुको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन समेत गरिएको थियो । बाँकी रहेकाको शुक्रबार संकलन गरिँदैछ ।
उनीहरुको रिर्पोट बैठक सुरु हुनुअगाडि आउने बताइएको छ । सांसद्हरुले कोरोना परीक्षणको रिर्पोट देखाएर मात्र बैठक कक्षमा प्रवेश गर्न पाउने नियम बनाइएको छ ।
त्यस्तै सचिवालयका कर्मचारी, मर्यादापालक, पत्रकारले कोरोना परीक्षण गरेर मात्र जान पाइने नियम बनाइएको छ ।
कोरोना संक्रमणकै कारण याे वर्ष सदनको अधिवेशन बाेलाउन ढिलाइ भएकाे हाे ।
