काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटबीच भेट वार्ता भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट्न सभामुख सापकोटा शुक्रबार दिउँसाे शीतलनिवास पुगेका थिए ।
उनीहरुबीच संघीय संसद्का बजेट अधिवेशन, सरकारको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन् ।
सभामुखले अपराह्नदेखि सुरु हुने बर्खे अधिवेशन सञ्चालनको तयारीबारे जानकारी गराएका छन् ।
भेटमा सभामुखले कोरोनाका कारण उत्पन्न विषम् परिस्थितिमा विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार सदन बैठक सञ्चालनको तयारी गरिएको पनि जानकारी गराएका छन् ।
