काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी बजेट कोरोना राेकथाममा केन्द्रित गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले भने– ‘सचेतना, अत्यावश्यक स्वास्थ्य सामाग्री, विभिन्न क्षेत्रमा पर्याप्त राहत ,विदेशमा अप्ठ्यारोमा परेकाको उद्धारमा अबको बजेट केन्द्रित हुनुपर्छ ।’
सदनले कोरोना माथि विजय हासिल गर्न आवश्यक पर्ने सबै अत्यावश्यक कदम बारे मार्गदर्शन, राष्ट्रिय एकतालाई अभिवृद्धि गर्न सक्ने पनि उनले विश्वास व्यक्त गरे ।
कोरोनाको विश्वव्यापी महामारीबाट नेपाल, नेपालीको रक्षा गर्न सरकारले गरेका प्रयास असफल भएका उनले अाराेप लगाए । काेराेना महामारीका बेला अध्यादेश र अायाेग गठनमा केन्द्रित भएकाे सरकारले संवैधानिक र राजनीतिक अाधार गुमाएकाे पनि अाराेप लगाए ।
पर्याप्त स्वास्थ्य सामग्रीहरुको अभावका वावजुद उच्च मनोवल मानवीय भावनाका साथ फ्रन्ट लाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको उच्चकदर गर्दै उनले अहोरात्र जिम्मेवारी निभाइरहेका सुरक्षाकर्मी, सञ्चारकर्मी एवं सफाइका क्षेत्रमा कार्यरत सम्पूर्णको उच्च प्रशंसा गरे ।
काेरोना कारण उत्पन्न अनेक जटिलतालाई धैर्यका साथ सामना गरिरहेका स्वदेश तथा विदेशका समस्त नेपाली दिदीबहिनी दाजुभाईहरुको धैर्यको प्रशंसा गर्दै उनले भने–‘आजको परिस्थितिलाई संयमताका साथ सामना गर्न सबैमा अपिल गर्न चाहन्छु ।’
कांग्रेस पार्टीका सबै तहका नेता तथा पार्टी सदस्यलाई कोरोना निर्मूल र नियन्त्रण गर्न आ–आफ्नो तर्फबाट कार्य गर्न निरन्तर आह्वान गरिरहेको समेत बताए । उनले भने–‘नेपाल र नेपालीको रक्षा गर्ने विषयमा सरकारलाई हर सम्भव सघाउने र वेथिति भ्रष्टाचार र अभिनायवादी नियतिका विरुद्ध निरन्तर लड्ने यी दुई नीतिलाई हामी निरन्तरता दिनेछौं ।’
उनले साना व्यवसायी देखि लिएर उद्योगी व्यवसायीहरुलाई समेत समेट्ने गरी यथाशिघ्र राहत प्योकज निर्माणा र घोषणका गर्न माग गरे ।
कोरोना रोकथामका लागि आवश्यक सामाग्रीको समयमै प्रवन्ध नगर्नु, खरिदप्रक्रियामा पारदर्शिता नुहनु , बजार मूल्यभन्दा बढी रकम राज्यको कोषबाट निकासा गराएर भ्रष्टाचार गर्नु अत्यन्त गम्भीर र अक्षभय भएको बताउँदै भने–‘दोषीहरुलाई पद मुक्त गरेरे अनुसन्धान र कारवाही गर्न म सरकालाई आग्रह गर्दछु ।’
उनले कोरोनाका कारण विदेशमा अलपत्र परेर बसेका नेपालीहरुको समेत उद्धार गरी उचित व्यवस्थापन गर्न समेत माग गरेका छन् । कोरोनालाई हराउन सामाजिक दूरी आवश्यक भएको भन्दै उनले कारगार रहेका कैदीहरुको समेत ख्याल गरी उचित व्यवस्थापन गर्न आग्रह गरे ।
