काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको सचेतकमा अनिता देवकोटालाई मनोनयन गरेको छ ।
यसअघिकी सचेतक सरिता प्रसाईंको कार्यकाल सकिएकाले देवकोटालाई नियुक्त गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार संघीय संसद्को बजेट अधिवेशन सुरु भएकै दिन देवकोटालाई नियुक्त गरेका हुन् ।
प्रसार्ईंको गत फागुनमा दुई वर्षे कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।
राष्ट्रिय सभाको छैटौं अधिवेशनको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ ।
