काठमाडौं । आइतबारदेखि संघीय संसद्का दुवै सदनमा आगमी आर्थिक वर्षका लागि सरकारले त्याउने बजेटबारे छलफल हुँदैछ ।
संघीय संसद् सचिवालयका अनुसार प्री–बजेट छलफलका लागि बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो २ बजे राष्ट्रिय सभा बैठक बस्दैछ ।
दुवै बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष ०७७–७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेस गर्ने कार्यसूची छ ।
त्यसपछि सांसद्हरुले आ–आफ्ना विचार राख्नेछन् र सुझाव दिनेछन् ।
कोरोनाविरुद्ध लडिरहेको सरकारमाथि आर्थिक चुनौती पनि उत्तिकै छ । कोरोनाबीच ल्याउन लागिएको बजेट अघिल्ला वर्षहरुजस्तो सहज पनि छैन ।
प्री– बजेट छलफलपछि २ जेठमा सरकारले नीति तथा कार्यक्रम ल्याउने छ । सोही अाधारमा बजेट ल्याइनेछ ।
संघीय संसद्को बर्खे अर्थात बजेट अधिवेशन कोरोना रोकथामका लागि लागू लकडाउनले ढिलो सुरु भएको छ ।
संवैधानिक प्रावधान अनुसार १५ जेठमा बजेट ल्याउनुपर्छ । सरकारले अल्पकालीन र दीर्घकालीन योजनाहरु समेटेर बजेट ल्याउने तयारी गरेको छ ।
