काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष ०७७-०७८ को बजेट महामारीसँग जुध्नसक्ने स्वास्थ्य पूर्वाधार विकास र पर्याप्त रोजगारी सिर्जनामा केन्द्रित गर्ने भएकाे छ ।
आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता आइतबार संघीय संसदका दुवै सदनमा पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाबाट श्रृजना भएका बहुपक्षीय समस्या समाधान तथा स्वास्थ्य पुर्वाधार विकासमा केन्द्रित गरिने बताए ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले चालेका कदमबाट प्रभावित आर्थिक गतिविधिलाई नयाँ विश्वास र जागरणका साथ क्रियाशिल बनाउन बजेटमा प्राथमिकता दिइने मन्त्री खतिवडाले बताए ।
सरकारले १५ जेठमा आगामी आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गर्ने छ । त्यसअघि प्री-बजेट छलफल हुनुपर्छ सोही अनुसार सांसदहरू बीच छलफल गर्न बजेटका प्राथमिकता सदनमा पेस गरिएकाे हाे ।
हेर्नुस् पूर्णपाठ :
